SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही २२ असारदेखि आगामी ४ साउनसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।