जीओ अटोमोबाइल्स र जेएसडब्लू एमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
काठमाडौं : जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक जीओ अटोमोबाइल्स (गोल्छा अर्गनाइजेशन) ले नेपालमा नयाँ विद्युतीय सवारी एमजी कम्युट ईभी सार्वजनिक गरेका छन्।कम्पनीले यसलाई ‘स्वर्णिम अवसर' को अवधारणासहित नेपाली बजारमा ल्याएको जनाएको छ। शुरुवाती मूल्य रु. ३४ लाख ९९ हजार निर्धारण गरिएको यो १०० किलोवाट क्षमताको ठूलो कसओभर युटिलिटी भेहिकल परिवार, होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि उपयुक्त हुने कम्पनीको दावी छ।
