‘फुट्ने होइन, जुट्ने अनेसासको परिकल्पनामा छु’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी नेतृत्वका लागि विश्वभर छरिएका स्रष्टाहरूमाझ चुनावी तरंग छचल्किएको छ। नेपाली भाषा र सिर्जनाको यस विशाल रथको प्रमुख सारथि बन्न, अमेरिकाको कर्मभूमिबाट लालगोपाल सुवेदीले अध्यक्ष पदमा आफ्नो दरिलो पाइला अघि बढाएका छन्।
