रेलमै युवकको हत्या : दिदीको पीडा–मेरो भाइलाई बचाउन कोही आएन
भारत : ‘मेरो छोरा काममा गएको थियो, तर कहिल्यै घर फर्किएन । अब हामी के गरौं ? हाम्रो सबैथोक समाप्त भयो ।’ ‘उसले मेरो छोराको ज्यान किन यसरी लियो ? मेरो छोराले उसको के बिगारेको थियो ? कृपया हाम्रो छोरालाई न्याय दिलाइ दिनुहोस् ।’ यी मार्मिक शब्दहरू २२ वर्षीय मयंक रमेश लोहारका आमा–बुवाका हुन्, जसका छोराको मुम्बई लोकल ट्रेन (रेल) मा भएको चक्कु आक्रमणमा मृत्यु भयो ।
