SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

ल्वाङ गएर स्वाङ पार्दा !

मिरमिरे साँझमा हामी ल्वाङ पुगेका थियौ । आकासमा एक हुल चराहरुको बथान गुँड फर्किरहेथ्यो । गाडीको अन्तिम स्टेसनमा ओर्लिएछि आ–आफ्नो गन्तव्यतर्फ लाग्ने मानिसहरुको कल्याङ मल्याङ बढ्तै सुनिरहेथ्यो । भर्खरै आएको चिसो बतासले एक झमट हामीलाई हिर्काएर पर पुग्यो । पछाडि फर्केर बेसीतिर नियाल्दा पोखरा शहर पर आकाशमा जुनकिरी टिलमिलाएझै बिजुली टिलमिलाईरहेथ्यो ।पोखरा विमानस्थल भने बढ्तै उज्यालिरहेथ्यो । हामी मध्य केहीले आ–आफ्नो गन्तव्य पहिल्याउने फाल्तु कोशिस गर्‍यौ ।