SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

देहेडूमा देउडाको धड्कन

कर्नाली राता र दिन भाग्याको भागै छ,रानीचणा तेरी सौंराई लाग्याकी लागै छ...।कर्णाली अञ्चलका पाँचवटै जिल्लामा वर्षभरि चाडपर्वहरू लागि नै रहन्छन्। स्थानीय भाषामा चाडपर्वलाई ‘पैठ’ भनिन्छ। हरेक जिल्लाका पैठका विशेषता निकै रोचक लाग्ने गर्दछन्। कुनै देवतासँग जोडिएका पाउँछौं भने कुनै परम्परा, रीतिरिवाज र धामीझाँक्रीसँग पनि जोडिएका पाउँछौं ती पैठहरू। कालीकोट जिल्लाको पचाल झरना–५, बाँझकोट (बाच्कोट) मा ‘देहेडू’ (देहेणु) जात्राबारे धेरैलाई थाहा छैन।