SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

ओझेलमा सर्जक, राज्य मूकदर्शक

नेपाली सांगीतिक आकाशमा यतिबेला एउटा गम्भीर र अदृश्य संकट मडारिरहेको छ। वर्षौंको साधना, लाखौंको लगानी र रगत–पसिना बगाएर तयार पारिएका सिर्जनाहरू आज प्रविधिको आधुनिक रूप ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सिकार भइरहेका छन्। बजारमा वास्तविक गायक, संगीतकार र लेखकहरूलाई चुनौती दिँदै एआई प्रविधि हाबीमात्र भएको छैन, बरु यसले सर्जकहरूको मौलिकता र अस्तित्वमाथि नै सोझो धावा बोलिरहेको छ।