विराटनगरको पाँचतारे होटल ‘शुभ इन्टरनेशनल’ ले आईपीओ जारी गर्ने
काठमाडौं । पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ पहिचान बनाएको विराटनगरस्थित पाँचतारे होटल ‘शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेड’ ले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
