SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : छोरीलाई बचाउँदै आमाको मृत्यु, पतिले गरे भावुक पोस्ट

भेनेजुएला : भेनेजुएलामा आएको भूकम्पका क्रममा आफ्नी छोरीलाई बचाउने क्रममा एक आमाको मृत्यु भएको छ । यो जानकारी फुटबलर हेक्तोर बेलो र स्थानीय मिडियाले दिएका छन् । बेलोले आफ्नो इन्स्टाग्राममा लेख्दै आफ्नी पत्नी एन्ड्रियालाई ‘मेरो प्रिय प्रेम’ भन्दै सम्बोधन गरेका छन् ।उनले बताए अनुसार, एन्ड्रियाले दुई वर्षीय छोरीलाई शक्तिशाली भूकम्पका बेला ज्यान जोखिममा राखेर बचाइन् ।