SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

नाडी हेराउनु भयो त ?

जब विवाहको कुरा चल्छ, केटा र केटी पक्ष दुवैतर्फबाट सोधिने प्रश्नहरू हुन्छन्– केटाले के गर्छ ? केटी कस्ती छे ? उसको परिवार कस्तो छ ? गुण मिल्यो कि मिलेन ? नाडी कस्तो छ ? केटालाई केटी मन पर्‍यो र केटीलाई केटा मन पर्‍यो। केटा र केटी पक्षका परिवारलाई दुवैका परिवार पनि मन पर्‍यो। परन्तु केटा र केटीको गुण मिलेन, गण मिलेन र नाडी मिलेन। फलतः विवाह रोकियो।