SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

इन्फिनिक्सले नेपाली बजारमा ल्यायो AI सुविधायुक्त ‘SMART 20’, प्रारम्भिक मूल्य २० हजार

काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ बजेट-फ्रेंडली स्मार्टफोन Infinix SMART 20 सार्वजनिक गरेको छ। AI-आधारित सञ्चार सुविधा, आकर्षक डिजाइन, लामो ब्याट्री ब्याकअप र भरपर्दो कार्यसम्पादनसहितको यो फोन दैनिक प्रयोगका लागि उत्कृष्ट विकल्पका रूपमा प्रयोग हुनसक्ने कम्पनीको दाबी रहेको छ । यो स्मार्टफोन नेपालभरका आधिकारिक विक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा दुईवटा भेरियन्टमा उपलब्ध हुनेछन् ।