SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

न्युजिल्यान्डमाथि बेल्जियमको गोलको बर्षा, समूह विजेता बन्दै नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ को शनिबार भएको समूह जी अन्तर्गतको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा ५-१ गोलले बेल्जियम विजयी भएको हो।खेलको पहिलो हाफमा बेल्जियमले १-० ले अग्रता बनाएको थियो। दोस्रो हाफमा बेल्जियमले ४ गोल थप्दै १ गोल बेहोर्‍यो । बेल्जियमको लागि खेलको २८औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा बेल्जियम सुरुवाती समयदेखि नै आक्रमक देखियो।