अन्तिम खेलमा इरानसँग बराबरी खेल्दा इजिप्ट समूह उपविजेता बन्दै नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह जीको अन्तिम खेलमा इजिप्टले इरानसँग बराबरी खेल्दै अङ्क बाँडेको छ। सियाटल स्टेडियममा भएको खेलमा इरानसँग बराबरी खेल्दा इजिप्ट समूह उपविजेता बन्दै नकआउट प्रवेश गरेको हो। पहिलो हाफ एकएक बराबरीमा सकिएको थियो। त्यसपश्चात कुनै पनि टोलीले गोल गर्न सकेनन्। खेलको पाँचौं मिनेटमा इजिप्टका महमूद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पायो। तर इरानका कप्तान मेहदी तारेमीले गोल गर्न सकेनन्।
