SHARE
लोक पथ · शनिबार १३ असार २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

काठमाडौं । नेपाली कांग्रेस मोरङका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले लोकपथलाई जानकारी दिए । कारागारमा रहेका व्यक्तिहरुसँग रकम असुली गरेको लगायत अन्य कारणका आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ ।