चार वर्षीया बालिकाको छातीमा लात हान्ने महिला को हुन् ? भिडियो ‘भाइरल’
भारत : भारतको मुम्बईस्थित पनवेलबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । एक चार वर्षीया बालिकामाथि गरिएको क्रूरताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आक्रोश फैलिएको छ । बाल विकास केन्द्र जान नमानेको भन्दै एक महिलाले बालिकाको छातीमा जोडले लात हानेकी थिइन् ।महिला को हुन् ?सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै लात हान्ने महिला वाल विकास केन्द्रको कार्यकर्ता भएको दाबी गरिएको थियो । तर, प्रहरीको अनुसन्धानले उक्त दाबी गलत भएको पुष्टि गरेको छ ।
