SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

केतन हत्या प्रकरण : सियाका भाइले गरे चेतनसँगको सम्बन्धबारे खुलासा, नयाँ तथ्यहरू सार्वजनिक

भारत : भारत महाराष्ट्रको लोनावला नजिक रहेको लोहगढ किल्लाबाट १८ जुनमा रियल स्टेट निर्देशक केतन अग्रवालको मृत्यु भएको घटनालाई अब योजनाबद्ध हत्या भएको रूपमा प्रहरीले पुष्टि गरेको छ । पुणे प्रहरीले यस मुद्दामा केतनकी हुनेवाला पत्नी सिया गोयल र उनका प्रेमी चेतन चौधरीलाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले सियाका भाइ साहिल गोयलसँग करिब १० घण्टा लामो सोधपुछ गरेको थियो ।सोधपुछका क्रममा साहिलले उनलाई आफ्नी बहिनी सिया र चेतनबीचको प्रेम सम्बन्धबारे केही महिनाअघि नै थाहा भएको खुलाएका छन् ।