महावीरले मन्त्रालयका लागि खोजे योग्य सचिव– ‘लौ आउनुस् है’
काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयका लागि नयाँ र योग्य सचिवको खोजी गरेका छन् । हाल मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य आगामी असार १७ गते अनिवार्य अवकाशमा जाँदैछिन् ।महावीरले सामाजिक सञ्जालमार्फत् विज्ञान र प्रविधिको क्षेत्र बुझेको योग्य सचिव भए सुझाव दिन भनेका हुन् ।
