धादिङका १३ स्थानीय तहको बजेट ९ अर्ब ४६ करोड ५७ लाखभन्दा बढी
धादिङ : धादिङका १३ स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ९ अर्ब ४६ करोड ५७ लाख ७८ हजार ३ सय ८९ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। संघीयता कार्यान्वयनको आठ वर्षपछि स्थानीय सरकारहरू अब केवल बजेट बाँड्ने निकायमात्र होइन, विकासको दिशा तय गर्ने प्रमुख संयन्त्रका रूपमा स्थापित हुँदै गएका छन्। यस वर्षको बजेटले पनि स्थानीय आवश्यकताअनुसार विकास, सेवा प्रवाह र आर्थिक गतिविधि बढाउने लक्ष्य लिएको देखिन्छ। जिल्लामा सबैभन्दा ठूलो बजेट नीलकण्ठ नगरपालिकाको छ।
