भक्तपुरमा छोराको कुटपिटबाट गयो आमाको ज्यान
भक्तपुर : सूर्यविनायक-९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका-५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरी रहेकी छन् । शुक्रबार साँझ करिब पौने ८ बजेको समयमा २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेपछि गम्भीर घाइते भएकी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । उनी श्रीमान र छोरासहित भातेढिकुरमा बस्दै आएकी थिइन ।
