SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे उपविजेता बन्दै नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को अन्तिम खेलमा साउदी अरेबियालाई गोलरहित बराबरीमा रोक्दै केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणका ३ खेलमा ३ वटै बराबरी खेल्दै ३ अंकका साथ केप भर्डे समूह उपविजेता बनेको हो।ह्युस्टन स्टेडियममा भएको साउदी अरेबियाविरुद्धको खेल बराबरीमा सकिएसँगै केप भर्डेले आफ्नो डेब्यु विश्वकपमै नकआउटको यात्रा तय गरेको हो। समूह 'एच' अन्तर्गत आजै भएको अर्को खेलमा स्पेनले उरुग्वेलाई पराजित गरेपछि केप भर्डेको नकआउट यात्रा निश्चित भएको हो।