SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच फेरि चर्कियो तनाव: इरानमाथि अमेरिकाको भीषण आक्रमण

वासिङ्टन डीसी :अमेरिकाले शुक्रबार इरानमाथि आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल–ड्रोन ठेगानाहरू र तटीय रडार साइटहरूलाई निशाना बनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम (सीजफायर)उल्लंघन गरेकाले जवाफी कारबाही गरिएको बताएका छन्।अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, जुन २५ मा इरानले होर्मुज जलडमरुमध्य (स्ट्रेट अफ होर्मुज) मा सिङ्गापुरको कार्गो जहाज एमभी एभर लभ्लीमाथि ड्रोन आक्रमण गरेको थियो।