डेम्बेको ह्याट्रिकमा फ्रान्स विजेता, समूह उपविजेता बन्दै नर्वे पनि नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स समूह विजेता बनेको छ। फ्रान्ससँग पराजित भएको नर्वे भने उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेको छ।शनिबार बिहान बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सले नर्वेलाई ४-१ले हरायो। फ्रान्सका लागि तीन गोल ओस्मान डेम्बेलेलेको नाममा रह्यो। चौथो गोल भने थप गरिएको अन्तिम समयमा डिजायर डुएले गरे। खेलको सातौं मिनेटमा डिम्बेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
