SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : ९२० भन्दा बढीको मृत्यु, ३३ सय भन्दा बढी घाइते

काठमाडौं : भेनेजुएलामा बुधबार आएको विनाशकारी भूकम्पका कारण अहिलेसम्म ९२० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी मानिस घाइते भएका छन्। सरकारका अनुसार भग्नावशेषमा अझै सयौँ मानिसहरू फसिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।परकम्पहरू जाने क्रम नरोकिएको यस विपद्‌मा राजधानी काराकाससहित देशको उत्तरी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। विशेष गरी 'ला गुएरा' क्षेत्रमा ठूलो क्षति पुगेको छ, जहाँ देशको मुख्य विमानस्थल र बन्दरगाहसमेत अवस्थित छन्।