उत्साह, असन्तुष्टि र सम्झौतासहितको रास्वपा महाभेला
काठमाडौं/चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनले पार्टीलाई राजनीतिक र सांगठनिक रूपमा संस्थागत गर्दै नयाँ नेतृत्व चयन गरेको छ। उत्साहका साथ सुरु भएको महाधिवेशन अन्त्यसम्म पुग्दा केही व्यवस्थापकीय अव्यवस्थाको उदाहरण बने पनि यसले पार्टीभित्रको सांगठनिक प्रणाली र लोकतान्त्रिक जगलाई मजबुत रूपमा स्थापित गराएको छ।
