SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

शनिबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो लहर चल्ने सम्भावना

काठमाडौं : शनिबार देशका हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।