SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा विराटनगर जलाउने मुख्य अभियुक्तलाई थुनामा राख्न आदेश

विराटनगर : जेनजी आन्दोलनको आवरणमा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतको आदेशपछि उनलाई शुक्रबार जिल्ला कारागार मोरङ चलान गरिएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीलाई नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित आपराधिक उपद्रव मुद्दामा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।