रास्वपा महाधिवेशन : रविले लिए शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । दोस्रोपटक रास्वपाका सभापति बनेका रविलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । असार ७ गतेबाट ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन भनिएकोमा केही बिलम्ब भई आजसम्म लम्बिएको हो ।
