रास्वपाको सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा तीन जना निर्वाचित भएका छन् । शुक्रबार अपरान्ह आएको मतपरिणाम अनुसार खुलातर्फ हरि ढकाल र अशिम शाह तथा महिलातर्फ निशा डाँगी निर्वाचित भएका हुन् । त्यसो त रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य र उपसभापतिमा सोविता गौतम निर्वाचित भएका छन् ।
