SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : पदाधिकारीमा १५ सय कम मत खस्यो

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । शुक्रबार अपरान्ह मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् ।  अपरान्ह ५ बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरुले जनाएका छन् ।