‘काठमाडौंमा सरकार छैन, बरु चितवनमै राजधानी सारौँ’
काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गरे ।
