SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

रास्वपाको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । शुक्रबार अपरान्ह आएको रास्वपा पदाधिकारीहरुको मतपरिणाम अनुसार आचार्य निर्वाचित भएका हुन् । आचार्यले अन्य उम्मेदवारहरु मनिष झा, गणेश कार्की र सागर ढकाललाई पराजित गरेका हुन् । महामन्त्रीका अन्य झण्डै आधा दर्जन उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई सघाएका थिए ।