SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

रास्वपा उपसभापतिमा सोविता गौतम विजयी

काठमाडौं । डा. तोसिमा कार्कीलाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् । शुक्रबार अपरान्ह आएको मत परिणाम अनुसार कार्कीलाई हराउँदै कानुनमन्त्री समेत रहेकी गौतम निर्वाचित भएकी हुन् । यता महामन्त्रीमा अन्य तीन प्रतिष्पर्धी उम्मेदवारलाई हराउँदै विपिनकुमार आचार्य निर्वाचित भएका छन् । अन्य सहमहामन्त्रीहरुको परिणाम आउँदैछ ।