SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ १०:२३ AM · 1 मिनेट पढाइ

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छन् ।