सुदूरपश्चिमको आर्थिक मुहार फेर्ने ‘जालपादेवी केबलकार’ : ६ अर्बको लगानीमा असोजभित्रै सञ्चालनमा आउने
काठमाडौं । कैलालीको चिसापानी (लम्कीचुहा) देखि मोहन्याल गाउँपालिकाको राजकाँडा जोड्ने महत्वाकाङ्क्षी ‘जालपादेवी केबलकार’ परियोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । आइएमई समूहको मुख्य लगानी रहेको यस बहुवर्षीय आयोजनामा विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
