SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

विश्वकपमा शनिवार समूह ‘जी’, ‘एच’ र ‘आई’ को निर्णायक भिडन्त

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समय अनुसार शनिवार समूह ‘जी’, ‘एच’ र ‘आई’ का अन्तिम समूहगत खेलहरू हुँदै छन्। यी खेलले तीन वटै समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लगाउने भएकाले सबै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। शनिवार राति १२ः४५ बजे समूह ‘आई’ अन्तर्गत दुई खेल एकै समयमा हुनेछन्।