SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

पूर्वाधार र सूचना प्रविधिमा उल्लेख्य लगानी गर्ने सरकारको योजना: गुणाकर भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले पूर्वाधार विकासमा उल्लेख्य लगानी गर्ने योजना बनाएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।