SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ । बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् ।