SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

स्याङ्जामा बलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, २० घाइते

स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रबार एउटा डवल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको द्यब्ब् ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।