SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टर छाड्न उर्दी जारी भएपछि सुकुम्वासीको प्रदर्शन

काठमाडौं : सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाई गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ ।