SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडमाथिको कारोबार

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसदिन परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दुमा अडिएको छ। सो दिन परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको पुगेको थियो। सो दिन २ अर्ब  ८३ करोड बराबरको कारोबार भएको थियो।नेप्से घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५९ वटा स्क्रिप्सको ७७ लाख २७ हजार  ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख  ४ हजार ५५२ रुपैयाँमा खरिदबिक्री भए।