एमालेसँग तत्कालै एकता हुन्छ: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै एकताको तयारी भएको बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासमेतसँग कुरा भइरहेको बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए ।
