विस्थापित सुकुम्बासीको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका अव्यवस्थित तथा सुकुम्बासी बस्तीमा गत वैशाख १२, १३, १९ र २० गते सरकारले डोजर चलाएर बस्ती हटाएपछि विस्थापितहरूको आन्दोलन निरन्तर जारी छ । शुक्रबार (असार १२) पनि विभिन्न कम्युनिस्ट घटक तथा सुकुम्बासी अधिकारकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै विस्थापितहरूको सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
