SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । उनीहरू विराटनगरस्थित कोइराला निवास पुगेर डा. कोइरालासँग भेट गरेका हुन् । भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।