अन्तिम खेलमा टर्कीएलाई सुखद नतिजा : अमेरिका समूह विजेताको रूपमा नकआउटमा
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा टर्किएले समूह डीको विजेता अमेरिकालाई पराजित गरेको छ । अन्तिम खेलमा हार व्यहोरे पनि अमेरिका समूह डीको विजेताको रुपमा नकआउट खेल्ने छ ।लस एन्जलस स्टेडियममा भएको खेलमा टर्किएले अमेरिकालाई ३–२ले पराजित गरेको हो । पहिलो हाफमा टर्किएले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा अमेरिकाले १ गोल थप्दै १ गोल व्यहोर्यो । खेलको तेस्रो मिनेटमा अमेरिकाको लागि अस्टन ट्रस्टीले गोल गर्दै खेलमा अग्रता बनाएको थियो।
