बाराका दुई सांसद रास्वपा केन्द्रीय सदस्यमा बिजयी, दुई पराजित
सिमरा : बाराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चार सांसदमध्ये दुई जना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा दुई सांसद पराजित भएका छन् ।चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनबाट बारा क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी र बारा क्षेत्र नं. ३ का सांसद अरविन्द साह निर्वाचित भएका हुन् । अन्सारी मुस्लिम समूह र साह मधेसी समूहबाट बिजयी भएका हुन् । अन्सारीले प्रवासको २२ सहित एक हजार ४७ मत प्राप्त गरे । यसैगरी साहले ९ सय ७० मत पाए । साहले प्रवासबाट ६ मत मात्रै पाएका छन् ।
