नेपालमा सार्वजनिक भयो इन्फिनिक्सको स्मार्ट २०
काठमाडौं : इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘स्मार्ट २०’ सार्वजनिक गरेको छ। कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चार सुविधा, लामो ब्याट्री ब्याकअप, आकर्षक डिजाइन तथा भरपर्दो कार्यसम्पादनसहित उक्त स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।कम्पनीका अनुसार स्मार्ट २० मा आवाजलाई स्पष्ट बनाउने प्रविधि, १२० हर्ज रिफ्रेस रेट भएको ६.७८ इन्चको डिस्प्ले, शक्तिशाली प्रोसेसर तथा ५ हजार २०० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।
