SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

ब्राउन सुगरसहित दुई जना पक्राउ, एक लाख ८२ हजार नगद बरामद

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलबाट प्रहरीले २०८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बिहीवार राति प्रहरीले भरौलस्थित ३८ वर्षीय विष्णु धामीको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले छापा मारेको थियो ।घरमा गरिएको खानतलासीका क्रममा विष्णु धामीको साथबाट ब्राउन सुगर २०८ ग्राम तथा एक लाख ८२ हजार ५०० नगद बरामद भएको प्रहरीले जनाएको छ ।