SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

नलगाडलाई २३ लाख ६० हजारको राहत हस्तान्तरण

कर्णाली । जाजरकोटको नलगाड नगरपालिकालाई २३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरेको हो ।