SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

महङ्गी नियन्त्रण, सुकुम्बासी व्यवस्थापन र जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था, महङ्गी, सुकुम्बासी समस्या र अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकको ‘शून्य समय’ मा सांसदहरुले जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा समेत नेपालमा समायोजन नभएकोमा आपत्ति जनाए ।