रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरु
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
